0
Shares
सर्बोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता नभए पार्टी एकता नहुने एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका हुन् ।
शुक्रवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।
१०ओ राष्ट्रिय महाधिबेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित भएका थिए ।
यही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताए । २ दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनलेभने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।
प्रधानमन्त्री समेत रहेका ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए