0
Shares

असार १८,२०७८/संजिब झा
रौतहट जिल्लामा लगातार वर्षा भएको कारणले गर्दा जलजमाव रहेको छ।बागमती र लालबकेया नजीक अवस्थित गाउँहरूमा वर्षाको पानीले चारैतिर आफ्नो त्रास बढाएको छ।
राजदेवी नगरपालिका वडा नंः६ मा रहेको बांधलाई बागमतीले कटान गर्दा उच्च जोखिम परेको छ।कटानी भइरहेको बांधलाई नेपाली सेना र सशस्त्र प्रहरीले स्थानीयहरुको सहयोगबाट बोरामा बालुवा भरी ठोकर बनाएका हुन्।समयमा स्थानीय सरकारले केहि नगरी असार महिनामा बांध कटान हुँदा मरम्मतको नाममा आर्थिक हिनामिना गर्ने आरोप स्थनीय बासिन्दाहरुले लगाएका छन्।
सम्बन्धीत निकायले ध्यान नदिदाँ उच जोखिम हुन सक्ने जनाएको छ।दुर्गा भगवती गाउँपालिकामा मत्सरी र पिपरा पनि बागमतीको प्रकोप पर्ने ठाउँ रहेको छ।