0
Shares
काठमाडौंको उपत्यकामा जारी निषेधाज्ञाकाबारे छलफल गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अबधि सकिँनै लाग्दा बैठक दिउँसो तीन बजे बस्न लागेको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदै छ ।
आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताए छन् ।
पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।
त्यसैगरी सवैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ । थप क्षेत्रलाई पनि खुकुलो बनाउने बारे स्वास्थ्य मन्त्रालयसँग राय मागेर निर्णय हुने बताइएको हो ।