0
Shares
बैतडीको सिगास गाउँपालिकाबाट डडेलधुराका लागि छुटेको से १ ज ७३९ जिप सोही गाउँपालिकाको लगन भन्ने ठाउँनजिकै दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उक्त दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्दाजी ४५ वर्षीय मानसिंह साउद र अन्दाजी ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको छ ।
प्रहरी चौकी ठाँटा र खोड्पेबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जिपमा १६ जना सवार थिए । चालक भने फरार छन् ।प्रहरीले फरार रहेको चालकको खोजका लागि अनुसंधान सुरु गरेटो जानकारी प्रहरी चौकिले दिएको छ।