सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी मुद्दामा आज बहस सकिदै छ । – The kathmandu news

सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी मुद्दामा आज बहस सकिदै छ ।

सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी मुद्दामा आज जवाफी बहस सकिदै छ । आजको जवाफी बहसपछि एमिकस क्युरीले राय दिने तयारी रहेको छ ।

संवैधानिक इजलासमा आइतबारदेखि जवाफी बहस सुरु गरिएको थियो । अझै दुई घण्टा दुई मिनेट जवाफी बहसको समय बाँकी रहेकोले निवेदकका तर्फबाट जवाफी बहसलाई निरन्तरता दिइने छ ।

निवेदककातर्फबाट आइतबार अधिवक्ता रमण कुमार श्रेष्ठले एक घण्टा जवाफी बहस गरेका थिए । आज ९ बजे सोमबार वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् ।

आज जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिनेछन् । एमिकस क्युरीका लागि २ घण्टा समय छुट्ट्याइएको छ । एमिकस क्युरीमा सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई-दुई जना छनोट गरिएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा छनोट गरिएको छ ।

एमिकस क्युरीलाई आधा-आधा घण्टाको समय छुट्याइएको छ । एमिकस क्युरीको रायपछि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन सदर वा बदर भन्ने फैसला गर्ने छ ।

गत जेठ ८ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक र मङ्सिरमा मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।

त्यसको विरोधमा माधव नेपाल समूहसहित १४६ सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा हस्ताक्षर गरेका छन् । उक्त रिटमा असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

Paperduenow.com Discount AssignmentProvider Discount Promo Codes Up to 40% ParaphrasingServices.org Coupons 2023 Buy discount Eduboard.com Discount Rospher.com Discount High discounts EWriters.pro Promo Codes writing essay online free essay edge discount codes Privatewriting Promo Code, Coupons, Discount Codes and Review finest paper Buy Your Promocode Here studybay promo code Custom-Essay.net Promo Codes JustDoMyEssay Discount code Discount Code BestEssays Discount code