
बुधवार साँझ नक्सालको मेरियट होटलमा बसेको बैठकमा नेताहरु सहमतिमा पुगेको र त्यसलाई भोलि बिहीबार अन्तिम रुप दिन नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेले भने, सकारात्मक ढंगले कुरा भएको छ । भोली कार्यदलको बैठक बस्छ ।उपाध्यक्ष भीम रावलले लामो समयदेखि विभिन्न समस्यामा गम्भीर कुराकानी गर्नुपर्ने र गहिराइमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
विष्णु पौडेलले कुनै प्रतिक्रिया दिएनन् । आजको वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, विष्णु पौडेल र सुबास नेम्वाङ सहभागी थिए । यस्तै, नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको सहभागीता रहेका थियो ।
मेरियटमा सुरुमा कार्यदलका सदस्यहरुसहित ओली र नेपालबीच कुराकानी भएको थियो। त्यसपछि ओली र नेपालबीच मात्रै कुराकानी भएको हो ।
बैठकपछि नेता पाण्डेले भने, ‘पहिला हामी कार्यदलका सदस्यहरुसहित नेताहरु बस्नु भयो। त्यसपछि २ जनाबीच आमने सामने कुराकानी भयो। कुरा सकारात्मक भएको हो । भोलि बिहीबार कार्यदलको बैठकपछि कुरा टुंगिन्छ।
त्यस्तै अर्का भीम रावलले पनि वार्ता सकारात्मक भएको र बिहीवार फेरि बस्ने जानकारी दिए। साविकको नेकपा हुँदैदेखि नेपाल र ओली पक्षबीच चर्को मतभेद हुँदै आएको थियो।
फागुन २३ गते सर्बोचको आदेशबाट एमाले र माओवादी ब्युतिएपछि २ पक्षबीचको टकरावले फरक फरक दलको अभ्याससमेत हुँदै आएको छ।
नेपाल पक्षले सांसद र स्थानीय तहका पदाधिकारीको पद गुम्ने भएपछि नयाँ दल निर्माणको घोषणा गर्न सकेको थिएन।
ओलीले पनि एमालेलाई एकलौटी रुपमा निर्णय गर्दै आएका थिए। २ पक्षबीच कुन कुन विषयमा सहमति भयो भन्ने कुरा सार्वजनिक भएको हो ।