प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा – The kathmandu news

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।

प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा गएका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने तालिका छ । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन सुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो

The Best Essay Writing Services on Reddit and Quora | Scam or Gems? Promo Codes Buy discount