
सिंहदरबार धर्ना दिन पुगेका बृहत् नागरिक समाजका अभियन्ता लाई प्रहरीले पक्राउ गरेको हो ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका वेला खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, बिमल अर्याल, अर्चना थापालगायत लाई प्रहरीले पक्राउ गरेको छ ।
नागरिक आन्दोलनको सिंहदरबार मार्चमा प्राध्यापक डाक्टर गोबिन्द केसीसमेत उपस्थित भएका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध जारी आन्दोलनको समर्थनमा सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनले दबाब स्वरूप सिंहदरवारमा धर्ना दिने कार्यक्रम रहेको थियो । तर कार्यक्रम सुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम नै प्रभावित भएको हो ।