0
Shares
वागमती प्रदेश स्थित मकवानपुर जिल्लाको हेटौंडामा सवारी दुर्घटनामा परी १ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर-३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मोटरसाइकल दुर्घटना हुँदा कार्की घाइते भएका थिए ।
घाइते कार्कीको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको हो ।