
ब्राजिलकी एक प्लेबोय मोडल आफ्नो ताजा तस्बिरका कारण विवादमा छिन् । ल्युआना स्यान्डियनले हाल दुबईको एक मरुभूमीमा टपलेस तस्बिर सुट गरेकी थिइन् र ती तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । यी तस्बिर भाइरल भएपछि उनले अनलाइनमा धम्की पाइरहेको बताइरहेकी छिन् र उनले कुनै पनि गलत काम नगरेको पनि बताएकी छिन् ।
ल्यूआनाले डेली स्टारसँगको कुराकानीमा ती तस्बिरलाई आफ्नो सबैभन्दा उत्कृष्ट तस्बिर बताएकी छिन् र यसका लागि उनी कसैलाई पनि लज्जित बनाउन नचाहेको पनि बताएकी छिन् । यसबारे उनी भन्छिन्, ‘मलाई थाहा थियो कि यो देशमा नग्न तस्बिर खिच्न मनाही छ त्यसैले मैले आफूले आफैंलाई ढाक्ने कोसिस पनि गरेँ तर यति गर्दा पनि केही अनलाइन हेटर्सले मलाई धम्की दिइरहेका छन् ।