एमालेका बिद्रोही नेता माधवकुमार नेपालले साथ नदिने भएपछि देउवाको सरकार अल्पमतको सरकार हुनेछ – The kathmandu news

एमालेका बिद्रोही नेता माधवकुमार नेपालले साथ नदिने भएपछि देउवाको सरकार अल्पमतको सरकार हुनेछ

सानो मन्त्रिपरिषद् सहित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भोलि सपथ लिने भएका छन् ।

तर उनको सरकार १ महिना भन्दा बढी नटिक्ने देखिन्छ  । एमालेका विद्रोही नेता माधवकुमार नेपालले साथ नदिने भएपछि देउबाको सरकार अल्पमतको सरकार हुनेछ  ।

केहि बेर अघि कोटेश्वरमा बसेको बिपक्षी गठबन्धनको बैठक भोली सानो सानो मन्त्रिपरिषद् भोलि बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार परिस्थिति हेरेर पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको हो  ।

‘सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि खाँणले भने, ‘भोलि बिहान फेरि शीर्ष नेताको बैठक बस्नेछ।’

यस्तै बैठकले अदालतको फैसलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

सर्वोच्चले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ।

देउवाले गठबन्धनमा छलफल गरेरै अगाडि बढ्ने बताइसकेका छन्।

यस्तै बैठकमा नेकपा एमालेका वरिष्ठ नेता नेपालले अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराएका छन्।

विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने सुनाएको बैठकमा सहभागी एक नेताले सेतोपाटीलाई जानकारी दिए।

नेपालले अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमति अनुसार अघि बढ्ने भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरेको सुनाएका हुन्।

विपक्षी गठबन्धनको आजको बैठकमा नेता नेपालले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैं सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न, सक्षम सरकार बनाउन र सबैलाई समेटेर जान आग्रह गर्दै उनले देउवालाई शुभकामना दिएका थिए।

कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए।

WriteMyEssay.onl Promo Buy coupon code now MyAssignmentHelp Review 2023: Exposing the Reality best cheap essay writing service Sliqessays.com Discount