भोली केपी शर्मा ओलीलाई बालकोट लैजाँदा ५ हजार सवारीले स्वागत गर्ने : युवा संघ

0 Shares

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट लैजाँदा ५ हजार सवारीले स्वागत गर्ने युवा संघले बताएको हो ।

नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । काठमाडौंमा सोमबार बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको छ  ।

नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले बताएका हुन्  ।

यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको हो ।  पाँच सय एक युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको हो भने उपप्रमुखको जिम्मेबारी पुष्प श्रेष्ठले पाएका छन् ।

उनले भने , ‘युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ ।

एमालेको सिद्धान्त र जनताको बहुदलिय जनवादको रक्षा र विस्तारका लागि युथ फोर्सले महत्वपूर्ण भूमिका खेल्ने नेता बस्नेतले बताए हुन् ।

महेश बस्नेतले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए । साइबर सेनासँग सहकार्य गरी एमाले बिरुद्ध भ्रम छर्नेहरूविरुद्ध सही संन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

नेता महेश बस्नेतले केपी शर्मा ओली बुधवार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए । उनले प्रधानमन्त्री शेरवहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसकी पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि समेत गरेका हुन्  ।

सम्बन्धित समाचार

सबै