उपत्यकाका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप

0 Shares

कोभिड–१९ संक्रमण रोकथाका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको हो ।

बिहीवार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले १० दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको हो  ।

शुक्रवारदेखि उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी गराएको छ ।

सम्बन्धित समाचार

सबै