
कायम सासंद संख्या : २७१
बहुमतमका लागि आवश्यक : १३७सरकाको पक्षमा :
नेपाली कांग्रेस -६१
नेकपा माओबादी केन्द्र -४९ (सभामुख समेत)
जसपा नेपाल -१९ (उपेन्द्र पक्ष)
राजमो -१नेकपा एमाले माधबपक्ष : १५
प्रधानमन्त्री शेरवहादुर देउवाले स्पष्ट बहुमत पाउने भएका छन् । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा पाँच जना सांसद थपिएसँगै देउबाले स्पष्ट बहुमत पाउने देखिएको छ ।
प्रधानमन्त्री देउबाल आज बिश्वासको मत लिने भएका छन् । नेकपा एमालेले भने देउवाको बिपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर माधब नेपाल समूहका केहि नेताले भने देउवा मत दिने हक्काहक्की भन्दैछन् ।
यद्यपी एमालेको दुई समुहबाट बनाइएका कार्यदलमा रहेका माधब पक्षका नेताहरले भने फरक/फरक धारणा अघि सारेका छन् ।कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग बरिष्ठ नेता नेपालले छलफल गरेका थिए ।
भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतार/हतार विश्वासको मत लिन खोजिएको र देउवा/प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।
कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका हुन् ।
माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।
झलनाथ खनाल बिरामी परेर दिल्लीमा छन् । उनले विश्वासको मत दिन आह्वान गरिसकेका छन् । कार्यदलमै रहेका घनश्याम भुसाल पनि संसद जोगाउन आफूहरू अदालत गएकाले त्यसको पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् ।
कतिपय ओली पक्षका सांसदले समेत विश्वासको मत दिने दावी नेपाल पक्षले गरेको छ । माधव नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भने पनि विश्वासको मत दिने पक्षमा रहेको बताएका थिए ।
एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैबाट एमाले नरहने निर्णय गरिसकेको छ ।
देउवाको पक्षमा मतदान गर्नेहरु :
१. माधव नेपाल
२. मेटमणी चौधरी
३. झपट रावल
४. कृष्णलाल महर्जन
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. विरोध खतिवडा
८. यज्ञराज सुनुवार
९. निरा जैरु
१०. सरला यादव
११. पुष्पा कर्ण कायस्थ
१२. दीपकप्रकाश भट्ट
१३. मुकुन्द न्यौपाने
१४. कलिला खान
१५. कल्याणी खड्का
१६. झलनाथ खनाल (देशबाहिर)
१७. घनश्याम भुसाल (दोधारमा)
१८. योगेश भट्टराई (दोधारमा)
१९. भीम रावल (दोधारमा)
२०. सुरेन्द्र पाण्डे (दोधारमा)