![](http://thekathmandunews.com/wp-content/uploads/2021/07/Screenshot_2021-06-03-04-13-38-49.jpg)
जनता समाजबादी पार्टी विवादबारे निर्वाचन आयोगले आज निर्णय गर्ने तयारी रहेको छ । आयोगले पार्टीको आधिकारिकतासम्बन्धी बिवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत अल्पमत हेरेर आज निर्णय गर्ने तयारी गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अबस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेका पक्षलाई दलको आधिकारिकता दिने प्रावधान रहेको छ ।
आयोगको कानुन महाशाखा स्रोेतका अनुसार दुबै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको हो । आयोगले दुबै पक्षको बहस टुंग्याउने लक्ष्य राखेको हो ।
दुबै पक्षका ३र३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २र२ घण्टाको समय निर्धारण गरेको हो ।आयोगका सचिव सुरेश अधिकारीका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्ने छ ।
जनता समाजबादी पार्टीमा कार्यकारिणी समितलिाई लिएर पनि बिवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ ।
उपेन्द्र यादव पक्ष त्यसैलाई मान्यता दिनुपर्ने अडानमा छ । महन्थ ठाकुर पक्षले पुस ७ गते थपिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने बताएको छ ।
ठाकुर पक्षले थप गरेको कार्यकरिणी समितिबारे आयोगले अझसम्म अद्यावधिक गरेको छैन् ।त्यसैले पनि पुरानै कार्यकारिणी समितिलाई मान्यता दिए यादब पक्षले जसपाको आधिकारिकता पाउने निश्चित छ ।