0
Shares

मुम्बई :- बलिउड अभिनेत्री माधुरी दीक्षित अहिले फिल्मी पर्दाभन्दा टाढै रहे पनि रियलिटी सोमा भने आफ्नो उपस्थिति देखाइनै रहेकी थिइन्। माधुरी अहिले डान्सिङ रियलिटी सो डान्स दिवाने–३ को निर्णयकका रूपमा
देखिएकी छन्।
तर खबरअनुसार डान्स दीवाने–३ को आगामी एपिसोडमा माधुरी हुने छैनन्। माधुरी यसका आगामी चार एपिसोडमा दखिने छैनन्। माधुरीले अहिलेलाई यसको सुटिङ नगर्ने निर्णय गरेकी छन्।
सोको सुटिङ मुम्बईभन्दा बाहिर हुन लागेको हुनाले माधुरी आगामी एपिसोडमा नदेखिने भएकी हुन्।