केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरे

0 Shares

अखिल नेपाल महिला सङ्घको सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै आलीले सो आग्रह गरेका छन् । उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए।बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गरेका छन् , पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ, उनले भने, ‘पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।

एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै, उनले भने, ‘न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।

ओलीले भने, ‘राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।

अध्यक्ष केपी शर्मा ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताएका छन्  ।

ओलीले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्र्दै लैजानुपर्नेमा जोड दिए । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

सम्बन्धित समाचार

सबै