निर्वाचन आयोगले जसपाको आधिकारिकता सम्बन्धी बिवाद टुंग्याउदैँ उपेन्द्र यादब समुलाई लाई बैधानिकता दिएको हो ।
निर्वाचन आयोगको हेडकाउन्टमा जसपाका ५१ कार्यकारीणी सदस्यहरुमध्ये उपेन्द्रको पक्षमा ३६ र महन्थको पक्षमा १६ जनाले मात्रै हस्ताक्षर गरेका थिए । त्यसपछि जसपा विवादमा निर्वाचन आयोगले यादवको पक्षमा फैसला सुनाएको हो ।
फैसलामा अल्पमतमा परेको ठाकुर पक्षलाई कानुन अनुसार नयाँ नामको पार्टी गठन गर्न भनिएको छ ।आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिदै महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ ।
आयोगको सोमवार बसेको इजलासले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्दा बहुमत पुगेको भन्दै यादब पक्षलाई जसपाको आधिकारिक मान्यता दिएर महन्थ पक्षलाई अर्को पार्टी गठन गर्न बाटो खुला गरेको हो ।
आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाएपनि महन्थ ठाकुर पक्षका सांसदहरुको पद खारेज हुने नहुनेबारे भने केही बोलेको छैन । यो विषय सम्बन्धित राजनीतिक दल र संसद सचिवालयको क्षेत्राधिकारमा पर्ने भएकाले यसबारे आयोग मौन बसेको हो ।
आयोगले यादब पक्षलाई आधिकारिकता दिए पनि महन्थ ठाकुर पक्षका सांसदहरुको पद खारेजीको विषयमा चाहिँ आयोगले केही नबताएका कारण अव के हुन्छ भन्ने प्रश्न उब्जेको छ । अब महन्थ ठाकुर पक्षका सांसदहरुको पद सम्बन्धी विषय या त संसद सचिवालयबाट टुंगो लाग्नेछ । त्यो नभए सर्वोच्च अदालत पुग्न सक्छ ।