२४ घन्टामा देशभर ३८४० जनामा कोरोना पुष्टि ,३३ संक्रमितको मृत्यु – The kathmandu news

२४ घन्टामा देशभर ३८४० जनामा कोरोना पुष्टि ,३३ संक्रमितको मृत्यु

२४ घन्टामा देशभर ३८४० जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको छ।

दुबै विधिबाट कुल १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हो।यस्तै गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८५९ जना संक्रमति थपिएका छन्। भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका  सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोरोना संक्रमणको दर औसतमा २४ दशमलब ०२ प्रतिशत रहेको छ। यो दरले केहीदिनयता कोरोना संक्रमणको दर बढ्दै गएको देखिएको डा अधिकारीको भनाइ छ।

यस्तै प्रदेशअनुसार संक्रमणको दर हेर्दा गण्डकीमा परीक्षण दर बढी छ। गण्डकी प्रदेशमा कुल परीक्षण दरको ६२ प्रतिशत व्यक्तिमा संक्रमण पुष्टि भइरहेको छ।

यस्तै प्रदेश १ मा कुल परीक्षणको २७ दशमलब ०५ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। डा अधिकारीका अनुसार पछिल्लो समय सक्रिय कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ।सक्रिय संक्रमित मध्ये हाल होम आइसोलेसनमा २६ हजार ६५२ जना र संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना गरी देशभर २९ हजार ४४४ जना सक्रिय संक्रमित छन्।

डा अधिकारीका अनुसार संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयू र १६८ जना भेन्टिलेटर र क्वारेन्टाइनमा ३४९ जना रहेका छन्।

पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु आवश्यक रहेको डा अधिकारीको भनाइ छ।

Essayempire.co.uk Promo code 2023 SuperiorPapers Discout Code JustBuyEssay.com discount code write paper for me discount code Fake Essay Promo Code, Coupons, Discount Codes and Review Buy Your Promocode Here 5.1 Promo Codes Available