प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

0 Shares
बालुवाटारमा आज भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।आज विहान सत्ता गठबन्धनको वैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् ।

बुधवार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन् ।

हाल सरकारमा कांग्रेस र माओबादी केन्द्रका २-२ जना मन्त्री र १ जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

हिजो बुधबार बसेको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधब नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए ।

 

सम्बन्धित समाचार

सबै