0
Shares
नकपा एमालेले स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने निर्णय गरेको हो।
आइतवार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा वसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिबेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका हुन् ।
त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुनस् स्थायी कमिटी बस्ने निर्णय गरेका छन् ।
महासचिव पोखरेलले एमालेको बिधानमा २ अध्यक्षको ब्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताएका छन् ।