प्रधानमन्त्री देउवाले विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन – The kathmandu news

प्रधानमन्त्री देउवाले विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन निर्देशन

मंगलबार उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्तिको तयारी गर्न भनेका हुन् ।लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुर्याउदै आएका घिसिङको पुन नियुक्ति गर्न खोजेर देउवाले जनभावनाको सम्मान गर्न खोजेका छन्  ।त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई मंगलबार प्रधानमन्त्री देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

शाक्यलाई अघिल्लो केपी ओली सरकारले नियुक्त गरेको थियो ।गत वर्षको भदौ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई पुनःनियुक्त नगरी ओली सरकारले प्राधिकरणकै बरिष्ठ कर्मचारी लेखनाथ कोइरालालाई निमित्त दिएको थियो ।

त्यसपछि कोइरालाको ठाउँमा शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पछि उनलाई चार वर्षका लागि नियुक्त गरिएको थियो ।शाक्यले राजीनामा नगरी घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न मार्ग प्रशस्त हुँदैन ।

Essays-Professors.com discounts Courseworkspot.co.uk Promo Codes 2023 Promo Codes