नेपाल सरकारले ७ वटा निर्माण ब्यवसायी तथा आपूर्तिकर्ताहरू लाई कालोसूचीमा राखेको छ । बबब
उक्त कम्पनीहरुलाई सार्बजनिक खरिद अनुगमन कार्यालयले सार्बजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा(१) बमोजिम दुई वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरी कालो सूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका निर्माण ब्यवसायी र आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अबधिभर कुनै पनि सार्बजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
काठमाडौंको शान्तिनगर स्थित श्री ए।के एण्ड गान्बा कन्स्ट्रक्सन लाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ । यसैगरी पर्वतको कुस्मा नगरपालिकास्थित श्री कालिगंगा निर्माण सेवा, इलामको श्री कण्टा निर्माण सेवा, कैलालीको लाटिनाथ कन्स्ट्रक्सन सेवा, उदयपुरको श्री अम्बा सप्लायर्स, सुनसरीको श्री आविद निर्माण सेवा र काभ्रेको श्री बिक्रम खाद्यस्टोर लाई १ र १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।