भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने,एमालेका उपाध्यक्ष बामदेव गौतम – The kathmandu news

भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने,एमालेका उपाध्यक्ष बामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको ब्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने बताएका हुन्  ।

राष्ट्रिय सभाको बिशेष समयमा बोल्दै भूमिसुधारको नीति लागु गरेर सुकुम्वासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।साथै बामदेव गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए  ।

बामदेव गौतमले भने, ब्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्वासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं  ।

जग्गामा ब्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने उनको भनाइ छ ।नेपालको कृषि भूमि छ, त्यहाँ एक टुक्रा पनि जमिनदारी जमिन छैन ।

त्यो सबै अनेक-अनेक हिसाबले रगत पसिना बगाएको पैसाबाट लिएको जमिन छ,। बामदेव गौतमले भने, त्यो जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदा सम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।

एउटा भूमि आयोग बिघटन गर्ने र अर्को आयोग गठन गर्ने काम नगर्न उनले सुझाब दिएका छन् ।

Academized Promo Code, Coupons, Discount Codes and Review Discounts: The Academic Papers UK Provides Best Promos for Customers Discount Code 2023 discounts of AssignmentHelp24.com Paythegeek.com Promo Code Lawessayhelptree.co.uk Discount Code pay essay Essays.NewYorkEssays.com discount code