
रामजानकी मन्दिरको जग्गालाई व्यक्तिको नाममा ल्याउनका लागि पुजारी देखि अदालतसम्म सेटिंग रहेको एक अस्थायीले जानकारी दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित अग्नीकुण्डमा रहेको एक रामजानकी मन्दिरको २ विघा भन्दा बढी जग्गा निजि बनाउने खेल शुरु भएको खुलासा भएको छ । अग्नीकुण्डमा रहेको सो मन्दिरको जग्गा निजि बनाउन पुजारी देखि भुमाफियासम्मको मिलोमतोमा नीजि जग्गा बनाउनका प्रकृया अगाडी बढाइएको पाइएको छ । यसमा सरकारी वकिलको कार्यालय धनुषा र मालपोत कार्यालयको संलग्नता समेत रहेको छ ।
धार्मिक नगरी जनकपुरधामको ऐतिहासिक र संस्कृतिकसंग जोडिएका यहाँका धार्मिक स्थलहरु मासिने क्रम वर्षौदेखि जारी छ र यो क्रम अझै जारी छ । सोही क्रममा सार्वजनिक मठमन्दिर रामजानकी मन्दिरको जग्गा किर्ते गरि व्यक्तिको नाममा ल्याउनका लागि पुजारीले आफ्नो नामको पछाडी लगाउने गरेको वैष्णवलाई हटाई ४ जना व्यक्तिको नाममा सो जग्गा ल्याउन ठुलै षड्यन्त्र रचिएको कुरा सार्वजनिक भएको हो ।
२०७५ फागुन ९ गतेदेखि विभिन्न मितिमा गरि २ विघा भन्दा बढी जग्गा विक्रि भईसकेको छ । सो जग्गा सार्वजनिक महत्वको मन्दिरको नाममा रहेको भन्दै मालपोत कार्यालय धनुषामा एक व्यक्तिले उजुरी दिएपछि रामजानकी मन्दिरका पुजारी रामभजन दास वैष्णवले सो जग्गा बदर गर्न माग गरेका थिए ।
त्यसपछि २०७६ साउन १ मा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने अमित कुमार तिवारीले धनुषा जिल्ला अदालतमा फिरादी दिएका थिए । धनुषा जिल्ला अदालतका न्यायाधिश उपेन्द्रप्रसाद गौतमले रामभजन दास वैष्णव नभएको र सो जग्गा मठमन्दिरको नदेखिएको भन्दै रामभजन दासको नाममा रहेको फैसला सुनाएका थिए ।
त्यसपछि मात्रै मन्दिरका पुजारीले आफ्नो नामको पछाडी रहेको वैष्णव हटाएर सो जग्गालाई नीजि गर्न सफल भएका थिए ।
मन्दिरको जग्गा निजि रहेको प्रमाणित गराउनकै लागि फिरादी अमित कुमार तिवारीले सुरुमा अदालतमा फिराद पत्र दर्ता गराएको श्रोतको दावी छ । सो फिराद पत्र धार्मिक र सार्वजनिक जग्गा रहेको भनि अपुष्टरुपमा दर्ता गराइएको थियो ।
सोही पत्रको आधारमा रामभजन दासको नाम पछाडी रहेको वैष्णव हटाइएको थियो । त्यसपछि अदालतको फैसलाले सार्वजनिक जग्गालाई नीजि जग्गामा परिणत भएको थियो । फिरादी अमित कुमार तिवारीले धनुषा जिल्ला अदालतमा धार्मिक र सार्वजनिक मठमन्दिरको जग्गा रहेको भनि फिराद पत्र अनुसार फैसला नआएपछि उनले पुनरावेदन गर्न समेत पुगेनन् । फिरादीले पुनरावेदन गर्ने म्याद गुजारेपछि मिलोमतोमा जग्गालाई नीजिकरण गरि विभिन्न व्यक्तिलाई बेचेको पाइएको छ ।
सो जग्गा व्यक्तिको नाममा ल्याएपछि ०७५ फागुन ९मा २ विघा भन्दा बढी जग्गा रघुवंश सिह, जिवनाथ चौधरीका श्रीमती आरती कुमारी शर्मा, रामकुमार राय र उर्मिला देवी भुमिहारको नाममा गरिएको पाइएको छ ।
अदालतबाट फैसला भएपछि अहिले सो जग्गाको मिसिल सरकारी वकिलको कार्यालयमा पठाइएको छ । सरकारी वकिलको कार्यालयले सो जग्गा बारे लिखित प्रतिवेदन दिएपछि सो प्रतिवेदन मालपोत कार्यालय धनुषामा जाने छ र सो अनुसार जग्गा बारे स्पष्टरुपमा लालपुर्जा वितरण दिइने छ ।
सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सिताराम अर्यालयले अदालतले फैसला गरिएको दिएको हुनाले सो जग्गा सम्बन्धी हामीले केहि बोल्नुपर्ने आश्वयकता नरहेको जानकारी दिए । उनले भने– मालपोत कार्यालय धनुषाले हामी कहाँ सो जग्गा बारे सोधखोज गर्दै पत्र पठाएको थियो, तर सो जग्गा बारे अदालतले फैसला गरिदिएको हुनाले केहि भन्नु पर्ने अवस्था छैन ।
मालपोत कार्यालय धनुषाका प्रमुख बासु प्रसाद कोइरालालाई सम्पर्क गर्दा उनी व्यस्त रहेको भन्दै पञ्छिएका छन् । यस सम्बन्धमा उनले केहि बोल्न चाहेका छैनन् ।
स्थानीयस्तरमा विरोध भएपछि जिबनाथ चौधरीले सरकारी वकिलको कार्यालयका सहायक प्रमुख अधिवक्ता अनन्त न्यौपानेलाई ३ दिन भित्र सरुवा गराइदिन्छु भनी ठाडो धम्की दिएको छ । उनले सो जग्गाको प्रतिवेदन तत्काल बुझाई व्यक्तिको नाममा प्रतिवेदन तयार गर्नका लागि दवाव दिदैँ आएको एक कर्मचारीले बताए ।
सार्वजनिक जग्गा किर्ते गरि निजीकरण गरेको भनि जिल्ला सरकारी वकिल कार्यालय धनुषाबाट किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी गर्न अदालतमा रिट दिने सम्पुर्ण प्रमाणका साथ तैयारी अवस्थामा रहेको जनाइएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ बस्ने रामभजन दासको नाममा दर्ता कायम रहेको जनकपुर नगरपालिका वडा नम्बर १३ सिट नं.– १२७४–०७ कित्ता नं.– ८ समेतको जग्गासो कार्यालयको र.नं. १२०९ १क मिति २०७५ फागुन ९, रजिष्टर नं. ९६४९, ९६४५ क मिति २०७५ पुस १५, १००७४ क मिति रजिष्टर.नं. ११८३१ ख मिति २०७५ माघ ४, २०७६ जेठ ३, र.नं.१२९३१ क मिति २०७५ फागुन २९ को राजीनामा पासले जग्गाधनीको भतिज रघुवंशकुमार सिंहको नाममा हालैको बकसपत्रले र आरतीकुमारी शर्मा, उर्मिलादेवी भूमिहार र रामकुमार यादवको नाममा राजीनामाको ब्यहोराबाट पास गराइएको छ ।
प्रदेश नम्बर २ का भौतिक विकास पुर्वाधार मन्त्री रामसरोज यादवले आरोपी जिबनाथ चौधरीलाई मुद्दा बाट जोगाउन र सार्वजनिक सम्पत्ति अतिक्रमण गराउन लागिपरेका छन् ।
यता जिवनाथ चौधरीले भने सो जग्गा मठमन्दिरको नभएको अदालतले नै प्रमाणित गरिदिएपछि आफुहरुले नीजि जग्गा खरिद गरेको प्रतिक्रिया दिए ।