मदरसा शिक्षा बिधयेक को बिरोध मा प्रदेश २ का लालबाबू राउत को राजीनामा को मांग गर्दै लहान स्थित एकता अभियान द्वारा प्रदर्शन

0 Shares

मदरसा शिक्षा बिधयेक को बिरोध मा प्रदेश 2का मुख्यमंत्री मोहमद लालबाबू राउत को राजीनामा को मांग गर्दै सिराहा को लहान स्थित राष्ट्रीय एकता अभियान द्वारा प्रदर्शन भएको छ।
अभियानका बरिष्ठ नेता काशीन्द्र यादव को नेतृत्व मा भएको प्रदर्शनमा अभियान का उपाध्यक्ष सुनीता साह ले आफ्नो मंतब्य दिदै प्रदेशलाई तालिवान बनाउने मुख्यमंत्री को राजीनामा मांग गर्नु भएको छ। जिल्ला संयोजक हेमंत सिंह को आयोजकत्व मा भएको बिरोध प्रदर्शन मा अभियान का नविन गुप्ता,मनोज पासवान,अबिनाश गुप्ता मनोज मेस्तर लगायत को उपस्थित रहेको थियो। प्रदर्शनमा मुख्य्मंत्री मोहम्मद लालबाबू राउत गद्दी राजीनामा दे, प्रदेशलाई तालिवान बनाउंन पाईदैन, मुख्यमंत्री मुर्दावाद, संघिय हिन्दू गणतंत्र जिन्दावाद जस्ता नारा लगाउदै मुख्यमंत्री को पुतला दहन भएको थियो।

सम्बन्धित समाचार

सबै