एसीसीलाई अघि नबढाउने सभामुख सापकोटाको संकेत, राष्ट्रिय सहमतिमा जोड – The kathmandu news

एसीसीलाई अघि नबढाउने सभामुख सापकोटाको संकेत, राष्ट्रिय सहमतिमा जोड

सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमतिबाट मात्रै अगाडि बढाउन आवश्यक रहेको जिकिर गरेका छन्।

पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसीबारे के गर्नुहुन्छ भनी चेतावनीयुक्त भाषामा प्रधानमन्त्री शेरबहादुर देउवालाई रोष्ट्रमबाटै प्रश्न गरेका थिए। सभामुख सापकोटाले केही सञ्चारकर्मीहरुसँग बुधबार आफ्नै कार्यकक्षमा कुरा गर्दै एमसीसी तत्काल कार्यान्वयनमा नआउने संकेत गरे।

अग्निप्रसाद सापकोटाले भने- ‘एमसीसी पारित गर्न राष्ट्रिय सहमति आबश्यक हुन्छ, त्यो पनि भएन भने कमसेम संसदमा रहेका दलहरुबीच समझदारी हुनु आवश्यक छ।’ 

उनले एमसीसी जनताको तहमा पुगिसकेको उल्लेख गर्दै यसलाई सत्तारुढ गठबन्धनले विचार गर्नुपर्ने बताए। उनले आफैँले पनि एमसीसीको समग्र पक्षबारे मूल्यांकन गरिरहेको उल्लेख गर्दै पर्याप्त छलफल र सहमतिबिना एमसीसी अघि नबढ्ने संकेत पनि दिएका छन्।

उनले सञ्चारकर्मीहरुसँग भने- ‘एमसीसीका समग्र पक्षबारे म पनि छलफल गरिरहेको छु, निष्पक्ष भएर, खुला दिमागले छलफल गरिरहेको छु।

Papernow Promo Code Personal-Statements.biz promo code Realdissertationhelp.co.uk Discount Code Laustan.com Coupon Code how long does mymathlab code last pay for research paper writing help