सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ – The kathmandu news

सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ

एमालेका सांसदहरुले पार्टीले कार्यवाही गरेका सांसदलाई पदमुक्त गरी कायवाही प्रक्रिया अघि बढाउन दबाव दिँदै सभामुखको च्याम्बर घेराउ गरेका छन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा नेकपा एमालेका सांसदहरुले पार्टीले  कार्यवाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् ।

माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिन सभामुखको कार्यकक्ष घेराउ गरिएको एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

सभामुखको च्याम्बर घेराउ गर्नेमा बाँस्कोटा सहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेल लगायत छन् ।

कारवाही परेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न बिहीबार पनि एमालेले सापकोटाको ध्यानाकर्षण गराएको थियो । एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका थिए ।

एमाले अध्यक्ष ओलीले विहीबार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो ‘नपल्टिन’ चेतावनी दिँदै १४ जनामाथिको कारवाहीको सूचना तत्काल नटाँसिए संसद चलाउन नदिने बताएका हुन्  ।

Buy Your Promo Code On EssayShark.com essayforme instant resume review AceMyPaper.com Discount Code 2023 Meowessay.com Coupon Code NinjaEssays.com Coupon GoldEssayClub.com coupon code Claiming to offer one of the best essay writing Coupons for a remarkable price i need someone to write a paper for me Contentwriting.ae Coupon Code Domyhomework123.com Discount Code EssaysChief.com Promo Discount Code Easy-Essay.org Coupon Code EssaysChief.com discount WriteMyEssayOnline.com Promo MyAssignmentHelp Reviews Superior-Papers.org discounts