नेता बामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताए

0 Shares

एमालेका नेता बामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका हुन्  ।

नेकपा एमाले पार्टी भित्र लामो समयदेखि बिवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास भइरहेको अवस्थामा तत्कालका लागि आफू एमालेमै रहेको बताएका छन् ।

बामदेव गौतमले आइतवार वक्तब्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन् ।आइतबार गौतमको सचिवालयले वक्तव्य जारी गरेर भनेको छ, ‘केही दिन देखि बिभिन्न सञ्चारमाध्यममा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजबादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन।

नेता माधब कुमार नेपालले आफू पक्षीयहरुको साथमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्

सम्बन्धित समाचार

सबै