संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन – The kathmandu news

संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाबिरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोरोनाविरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाका लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडी बढ्न हामीले भनिसक्यौँ । स्वास्थ्य मन्त्रालयले गर्ने काम चाहिँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परीक्षाको वातावरण बनाइदिनुपर्‍यो । खोप स्वास्थ्य कार्यालयले छिटो गरोस्,’ सरकारलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तीले भनिन् ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेकाले सोही खोप कक्षा १२ का परीक्षार्थीहरूलाई उपलब्ध गराउन सुरु गरिसकेको बताए । देशभरका गाउँ तथा शहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनले बताए ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप खरिदको प्रक्रिया अगाडि बढाएको बताए । उनले हुम्ला, जुम्ला, मुगु, मुस्ताङ, मनाङ जस्ता जनसंख्या कम भएका ग्रामिण भेगमा र काठमाडौं उपत्यका, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ लगायतका जनसंख्या बढी भएका स्थानहरूमा खोपको प्राथमिकतामा राखिएको बताए ।

त्यस्तै पोखरा, भैरहवा, लुम्बिनी र चितवनजस्ता पर्यटकीय गन्तव्यमा पनि खोपलाई प्राथमिकता दिइएको उनले बताए । बैठकमा मन्त्री श्रेष्ठले हालसम्म १ करोड ३२ लाख खोप आएको र ९० लाख जनताले खोप पाइसकेको जानकारी दिएका थिए ।

WriteMyEssay.co.uk Discount Code Promo Codes pay someone to do my homework online Writemyessay24h.net Discount help me write my resume