प्रदेश नं २ मा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर

0 Shares

प्रदेश नं २ मा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

अर्थमन्त्री बिजय यादवलाई कृषिको जिम्मेवारी दिइएको हो भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् । मुख्यमन्त्री  राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

नवनियुक्त अर्थमन्त्री साहले मुख्यमन्त्रीले तजबिजमा जिम्मेबारी परिवर्तन गरेको भन्दै यसलाई पार्टीको आन्तरिक मामिला बताए ।उनीहरु दुवैजना जसपाका नेता हुन् ।

सम्बन्धित समाचार

सबै