
रौतहट, ईशनाथ नगरपालिकामा रहेको गर्भवती महिलालाई पोषण युक्त खाद्यान्न सामग्री बुधवार वितरण गरेका छन्
ईशनाथ नगरपालिकाको मेयर सन्तोष मेहताले १८० जना गर्भवती महिलाहरुलाई पोषण युक्त खाद्यान्न सामग्री वितरण गरेका छन्, उनीहरुको शिशुलाई सुरक्षित राख्न मद्दत पुग्ने उद्देश्यबाट खाद्यान्न सामग्री वितरण गरिएको हो ।
गर्भवती महिलाहरुलाई खाद्यान्न सामग्री बितरण गर्दै मेयर मेहताले यस नगरपालिका भित्रका महिला एवं बालबालिकाहरुलाई नगरपालिका बाट पाउनुपर्ने हरेक सेवा सुबिधा समय समयमा उपलब्ध गराउदै आएको जानकारी दिए तर केही व्यक्तिहरुद्धारा बिभिन्न समयमा बिवाद एवं बाधा सृजना गराएर नगरपालिकाको बिकास माथि आघात पुर्याउदै आएकोमा त्यस्तालाई आउदो समयमा जनताहरुले नै सबक सिकाउने बताएका छन् ।