भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उनले उल्लेख गरे ।तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले निष्कर्ष निकालेको थियो ।
सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ ।