काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको बिश्वास जितेर अघि बढ्ने प्रण – The kathmandu news

काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको बिश्वास जितेर अघि बढ्ने प्रण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजवुत बनाउँदै जनतामा लोकतन्त्रको रक्तसञ्चार गर्ने बताएका हुन् ।

पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत आज (शुक्रवार) बाट सुरु भएको वडा अधिवेशनको अबसरमा शुभकामना सन्देश दिँदै देउवाले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गरेका छन्।

साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो भन्दै देउवाले लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत वडा अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।काँग्रेसको १४औँ महाधिबशनको प्रक्रिया आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ ।

काँग्रेसको त्यो बिगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि काङ्ग्रेसकै काँधमा आएको छ,’ देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु ।

पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनतामा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बिच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन काँग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।’

सभापति देउवाले भनेका छन्, ‘देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।

१४ औँ महाधिवेशन मार्फत सशक्त काँग्रेस बनाउने अभियानमा होमिएको बताउँदै उनले बलियो काङ्ग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो काँग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’

लोकतन्त्रको पर्यायका रूपमा रहेको काँग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी साबित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि काँग्रेस सधैँ अगाडि रहेको बताएका छन्।

आठ लाखभन्दा बढी काँग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै उनले आफूले ती सबै सदस्य र नेतृत्वको जोस, जाँगर र साथको अनुभूति गरिरहेको बताएका छन् ।

यस महाधिवेशनमार्फत सशक्त काँग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो काँग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्‍याउनु हुनेमा सभापति देउवाले विश्वास लिएका छन् ।

Aussieessaywriter.com.au Promo code 2023 Dissertationcapital.com Discount Code homework help college EssayVikings Coupon Code GradeMiners Discount code Coupon code AssignmentBox.co.uk promo code how much does mymathlab access code cost Buy Your Promocode Here ProEssayWriting Promo Code, Coupons, Discount Codes and Review TermPaperEasy Discount Promo Codes Up to 40% get paid to write papers for students Buy discount Claiming to offer one of the best essay writing Coupons for a remarkable price can i write on money Hot! 123HelpMe Review 2023: The Ultimate ScamFighter