मन्त्रिपरिषद् बैठकले भदौ २३ गते वुधबार दिउँसो ४ बजे दुबै सदन बोलाउन सिफारिस
0
Shares
शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुबै सदन बोलाउन राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिबेशन अन्त्य गरेकी थिइन् ।संसद् अधिवेशन बोलाउने सिफारिस गर्ने निर्णय अघि प्रधानमन्त्री शेरवहादुर देउवाले शनिबार विहान सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओबाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपाल सँग बालुवाटारमा छलफल गरेका हुन् ।