
राजधानीको दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका हुन्।
आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।