प्रधानमन्त्री शेरवहादुर देवाले मागे सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम

0 Shares

शेरबहादुर सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन भनेका छन् ।

देउवा सरकार गठनको २ महिना पुग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिएको भन्दै गठबन्धनमा आबद्ध दलका नेताहरुलाई मन्त्रीका लागि छिटो नाम दिन आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा निवास बालुवाटारमा आइतवार विहान गठबन्धनको बैठक बसेको थियो । ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्लाई पूर्णता दिन निकै ढिलाइ भइसक्यो, सरकारले पूर्णता नपाउँदा सरकारका कामकारवाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै केही दिन पर्खिन भनेका थिए ।

उनीहरुले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको स्वीकार गरेपनि कहिलेसम्म मन्त्रीहरुको नाम दिने भन्नेमा ठोस जवाफ भने दिइएको छैन् ।

सबैको भनाइ एउटै थियो, सरकारलाई पूर्णता दिन ढिलो भयो । तर कहिलेसम्म नाम दिने भन्नेमा चाहिं कसैले ठ्याक्कै भनेका छैनन् ।

सत्ता गठबन्धनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आवद्ध छन् ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए ।

दिनहुँजसो गठबन्धनको बैठक बसे पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन

सम्बन्धित समाचार

सबै