भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल आज बिरगंज आइपुगे – The kathmandu news

भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल आज बिरगंज आइपुगे

३० भाद्र २०७८/ अनिल कुमार झा

भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल आज बिरगंज  आइपुगेको छ । नेपाल-भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलो पटक भारतबाट नेपाल निजी कार्गो रेल आइपुगेको हो ।

आज बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ ।

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको २ महिना ६ दिनमा पहिलो निजी रेल नेपाल आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

२०६१ सालमा भएको नेपाल-भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो ।

रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।

paperhelp promo codes Essayforever.com Promo 2023 Buy more discounts NinjaEssays Reviews The 2023 Verdict: OxbridgeEssays Review do homework online Buy Your Promo Code On DissertationTime.co.uk the paper 24-7 help me write my essay free Promo Coupons Coupon code DrAssignment Promo Code