रौतहट ।भदौ ३१ गते
आज एक जना दलित अति बिपन्न परिवारलाई मलेसिया बाट खधान्न समाग्री सहित राहत वितरण गरेको छ ।
मलेसियाबाट पठाएको रकम बैंकबाट निकालेर रौतहट जिल्लाको चर्चित युवा पत्रकार तथा समाजसेवी मनोज मनमोहीले गरिब परिवारको घरमा पुगी राहत समाग्री पुर्याएको छ ।
मौलापुर नगरपालिका वार्ड नं ७ बस्ने ब्रह्मदेव मुखिया बिन को परिवार अवस्था एकदम कमजोर छ ।आज खदा बेलुकाको लगि धौउ धौउ बित्छ ।वहाँको घरमा काम गर्ने एक जना रहेछ र उन्को ३ छोरा र २ छोरी छ्न । एउटा छोरा ठुलो भए पनि मानसिक सन्तुलान गुमाएको छ ।
मुखियाले आफ्नो जिवान कष्टमा बिताउदै आइरहेको छ सुख कसलाई भन्छ कहिले अनुभव भएको छैन ।
मुखिया आफै र वहाँ धर्म पत्नी दुबै जना इटा भठ्ठामा र बासको दाउराले मधेस प्रयोग हुने टोकरी बेचेर परिवार चलाउन खोज्दा चल्दैन ।बिहान खदा बेलुका को लागि गाउँमा घुमी मागेर लेयाए पछि मात्र घरमा खना बन्छ यो समस्या कयौं वर्ष पहिला देखि आइरहेको छ यति मात्र हैन मुखियालाइ लगाउने लुगाको अभाव पने छ नयाँ लुगा लगाउन सपना जस्तै छ । गाउँ को मान्छेहरू युज गरेको कपडा पुरनो भए पछि दिन्छ सोही कपडा लगाउछ ।
यो सबै समस्या मैले वहाँ लाई जनकारी गराउने बितिकै सो राहत कटहारिया वार्ड नं १ बस्ने दीप राज यादव उर्फ दिपेन्द्र यादव ज्यु ले आफ्नो व्यक्तिगत तर्फ बाट युवा समाजसेवी तथ पत्रकार मनोज मनमोही मार्फत मलेसिया बाट उपलब्ध गरएको छ।
मुखिया परिवारलाई 2 महिना पुग्ने गरि एउटा सानो सहयोग स्वरुप चामल ६० केजी , आलु ५ केजी ,प्याज ५केजी ,दाल २ केजी ,खाने तेल १लि., सोहबीन १केजी ,खाने नुन १पैकेट , नुहाउने साबुन ६ पिस ,कपडा धुने साबुन ६ पिस ,कपडा धुने सरफ 3 केजी ,धानिया २५० ग्राम ,खुर्सानी २५० ग्राम ,बेसार २५० ग्राम राहत सामाग्री पत्रकार मनोज मनमोहीले घर मै लगएर पुर्याएका हुन।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वार्ड नं ७ मा जन्मेको मनोज मनमोही पत्रकारको सँग सगै सामाजिक अभियान्ताको रुप पनि स्थापित भएका हुन र वहाँ विभिन्न सहयोग दतासँग अनुरोध गरि राहत उपलब्ध गराएर गरिब लाई सेवा गर्दै आईरहेको छ ।