माधब नेपाललाई अब एमालेमा किन ल्याउने फेरि पार्टी फुटाउन, एमाले का अध्यक्ष केपी शर्मा ओली

0 Shares

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा र्फकिनुहोस् भन्ने नेतालाई माधव नेपाललाई अब एमालेमा किन ल्याउने फेरि पार्टी फुटाउन भनेर प्रश्न गरेका छन् ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेताहरूलाई नै प्रश्न गरेका हुन् ।

ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो?’

सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए ।

साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाए । ओलीले अब नेकपा एमाले पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचार

सबै