आज ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो – The kathmandu news

आज ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

आज चीनबाट कोरोना बिरुद्धको ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । सरकारले खरीद गरेर ल्याउन बाँकी रहेको कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप चिनबाट आज काठमाडौं आइपुगेका छन् 

शुक्रवार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो  ।

चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो ।चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा. सागर दाहालले बताएका छन् ।

writting help