भारतको पश्चिम बंगाल चुनावमा आफू पराजित, पार्टीलाई प्रचण्ड बहुमत

0 Shares

भारतको पश्चिम बंगला राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना परिणाम अनुसार तृणमुल काँग्रेस टीएमसी ले प्रचण्ड बहुमत ल्याएको छ। सो पार्टीले लगातार तेस्रो पटक राज्यमा जित हात पारेको हो।

सो पार्टीकी नेता ममता बनर्जी आफू भने पराजित भएकी छन्। टीएमसी छाडेर भाजपाबाट उम्मेदवार बनेको शुभेन्दु अधिकारीसँग नन्दीग्राम सिटबाट ममता पराजित भएकी हुन्। कडा प्रतिस्पर्धामा ममता १९ सय मतले पराजित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। ममताले आफ्नो हारलाई स्वीकारसमेत गरेकी छन्। उनले आफूले हारे पनि पार्टीले जितेको भन्दै खुशी व्यक्त गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

कुनै बेला राज्यको सबैभन्दा बलियो पार्टी भाकपा र काँग्रेसको गठबन्धन भने पत्तासाफ भएको छ। यो गठबन्धनले एक पनि सिट जित्न सकेन। उता भाजपाले पश्चिम बंगला जित्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो। तर। सफल हुन सकेन। तर, २०१६ को तुलनामा भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ। त्यतिबेला भाजपाले मात्र ३ सिट जितेको थियो। तर अहिले कम्तिमा ७५ सिट जितेको छ।

 

सम्बन्धित समाचार

सबै