देउवा सरकारले विभूषणहरुको नाकमा कालो पोतेको,एमालेका अध्यक्ष केपी शर्मा ओली – The kathmandu news

देउवा सरकारले विभूषणहरुको नाकमा कालो पोतेको,एमालेका अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सातौं संबिधान दिबसको अबसरमा दिएको पदक सबैका लागि लज्जाजनक भएको बताएका हुन् । साथै उनले सरकारले अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने बताए ।

सातौं संबिधान दिबसको अबसरमा आइतवार एमालेले गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।

ओलीले संबिधान दिबसको दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ?श्रीमीतीको मुख हेर्ने दिन हो?छोराछोरीको मुख हेर्ने दिन हो ?

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए । ‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २/४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ ओलीले अघि भने, ‘मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’

बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । उनले अघि भने, ‘जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा!बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

rushessay.com promo code Buy Your Promo Code On MA-Dissertations.com Discount Coupon help with statistics project DissertationPros Discount Promo Codes Up to 40% custom writing org discount code A-writer Discount Promo Codes Up to 40% Coupon code Dreamassignment.com Coupon Code Essay4Me.org discounts EssayHave Promo Code, Coupons, Discount Codes and Review Dissertationcapital.com Discount Code making a cv online Assignmenteditingpros.com Discount higher standards promo code write and essay for me CyberEssays Discount Promo Codes Up to 40%