नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।
रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् ।
बिश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा बिदेशमा खोप निर्यातमा रोक लगाएको थियो । खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महीना सम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले बिदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।
भारतले अक्टोबरमा खोप निर्यात गर्ने घोषणासँगै सोही बेला नेपालले पनि पाउन बाँकी डोज खोप पाउने खबरलाई परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरी सकेको छ ।
सो नेपालले अबको एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने छ ।नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।