मंगलवार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्र मन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन ४ मन्त्री नियुक्त गरेका थिए । काङ्ग्रेस बाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् ।
यस्तै १० साउनमा काँग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका थिए