रामबहादुर थापा बादलले भने दाहालसँग चुनाबमा प्रतिपर्धा गर्न आफू तयार

0 Shares

नेकपा एमालेका स्थायी समिति सदस्य रामवहादुर थापा बादलले पुष्पकमल दाहालसँग चुनावमा प्रतिपर्धा गर्न आफू तयार रहेको बताएका छन् ।साथै उनले दाहाल पार्टीको लाइन छाडेर पलायन भएको बताएका हुन्।

प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बादलले एकता भएको पार्टीबाट पलायन भएर दाहालले नयाँ गुट स्थापना गरेको आरोप लगाएका छन् ।

पुष्पकमल दाहालसँग चुनावमा प्रतिपर्धा गर्न आफू तयार रहेको भन्दै उनले अहिलेको लाइन भनेको राष्ट्रियता, समाजवाद, समृद्धि हो भने । अहिलेको गठवन्धनले राष्ट्रियताको प्रश्नमा नयाँ चुनौति थपेको पनि उनको धारणा थियो ।

दाहालले नेपालको बुर्जुवाहरुको पछाडी लागेर कम्फरटेवल सरकार निर्माण गरेको र यो प्रवृत्तिले देशको लोकतन्त्र, राष्ट्रिय एकता र समाजवादबाट समृद्धिको मार्गमा नयाँ चुनौति थपेको उनको भनाई थियो ।

लिम्पियाधुरा, एमसीसी लगायतका विषयमा छिमेकी राष्ट्रको अहित हुने गरी नबोल्न गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रले यो गठवन्धन किन र कसरी के का लागि बनेको भन्ने प्रष्टै रहेको बादलले बताए ।

यो लोकतन्त्र विरोधी लाइन भएको भन्दै अर्थ मन्त्रालयले आर्थिक स्रोत खुलाउन नपर्ने भन्ने पछिल्लो भनाईले देशमा कालोधन मौलाउने बाटो खुला गरिदिएको उनको भनाई थियो ।

साथै बादलले १० बुँदे कार्यान्वयनको चरणमा रहेको बताउँदै आफू रहेको पार्टी नै ठूलो पार्टी भएको बताए । अर्को प्रसंगमा बादलले सभामुख साझा व्यक्ति नभई कुनै एक पार्टीको कार्यकर्ता बनिदिँदा समस्या भएको बताए ।

सम्बन्धित समाचार

सबै