नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा ७ जना उपाध्यक्षको ब्यवस्था हुनुपर्ने माग – The kathmandu news

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा ७ जना उपाध्यक्षको ब्यवस्था हुनुपर्ने माग

नेपाल कम्यूनिष्ट पार्टी (एमाले)मा ७ जना उपाध्यक्षको ब्यवस्था हुनुपर्ने माग उठेको हो। १ प्रदेशबाट १ उपाध्यक्ष हुनुपर्ने माग एमालेमा उठेको छ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश एक को तर्फबाट समूहको निष्कर्ष सुनाउँदै टोली नेता हिक्मत कार्कीले कमिटी प्रणालीलाई व्यवस्थित गर्न त्यसैअनुसार व्यवस्थापन गरिनुपर्ने बताएका छन्।

केन्द्रीय कमिटी २२५ भन्दा ठूलो आकार बनाउनुपर्ने, प्रदेश कमिटीलाई कार्यकारी कमिटीकै रूपमा अगाडि बढाउनुपर्ने, ७वटै प्रदेश सम्पर्क मञ्च बनाइनुपर्ने उक्त समूहको निष्कर्ष छ। केन्द्रीय र प्रादेशिक तथा स्थानीय कमिटीलाई पूर्ण समाबेशी बनाउनुपर्ने, शुद्धीकरण अभियान चलाइनुपर्ने, बिधान महाधिवेशनलाई नीति तथा बिधान महाधिवेशन भनेर ब्यवस्था गरेर जानुपर्ने उनीहरूको सुझाव दिएका छन् ।

राजनीतिक प्रतिबेदनमा एमाले सरकारलाई परमादेशबाट हटाइएको विषयलाई लिपिबद्ध बनाउनुपर्ने, पार्टी विभाजन, महाधिवेशनपछिको अवस्था, चुनावी गठबन्धनसम्मको अवस्थालाई प्रष्ट रूपमा ल्याउनुपर्ने, सुदृढ र एकताबद्व एमाले बनाएर लैजाने विषय राखिनुपर्ने उनीहरूले सुझाब दिएका हुन् ।

‘निर्वाचन प्रणालीलाई कम खर्चिलो बनाउने योजना बनाउनुपर्छ र त्यसको नेतृत्व एमालेले लिनुपर्छ। नेकपा एमालेलाई कम्युनिस्ट आन्दोलनको अगुवाइ गर्ने पार्टी भएकाले अध्यक्षले त्यसलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ’, कार्कीले भने।

UK Writings Promo Code affordable essay writing Buy Promo Code write my research paper free Essay4Me.org discounts PaperCheap Promo Code, Coupons, Discount Codes and Review writes essay for you help me write a thesis statement for free paper help discount code EvolutionWriters Discout Code