गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा विष्णुप्रसाद सुवेदी नियुक्त

0 Shares

मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त गरेका छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेका छन् ।

सुवेदी यस अगाडि अन्नपूर्ण पोस्ट अनलाइन संस्करणका सम्पादक थिए।संस्थानमा यसअघिका कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीले दिएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको थियो। त्यसपछि खाली रहेको रिक्त रहेको सो पदमा सुवेदीलाई नियुक्त गरिएको छ ।

वि.सं. २०५२ मा ‘हिमालय टाइम्स’ दैनिकबाट पत्रकारिताको व्यावसायिक यात्रा थालेका सुवेदीले संसद्, सुरक्षा, भ्रष्टाचार विरोधी तथा राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण मुद्दामा निरन्तर कलम चलाउँदै आएका हुन् ।

आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गरेकाे सुवेदी मिडिया अध्यापन, शोध अध्ययनमा क्रियाशील रहेका हुन् ।

सम्बन्धित समाचार

सबै