प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक जारी – The kathmandu news

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक जारी

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ । 

सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ।

यस पटकको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उपस्थित भएनन्। उनी यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि गएका थिएनन्।

सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा एमालेले सभामुखको कार्यप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ।

UK.GradeMiners.com Discount Code 2023 essay 24 professional essay writing help 2.25 discounts Beautiful website Essays.paperap.com Discount Code academic paper writing Buy discount BestEssayHelp.com promo code my paper writer promo code FastCustomWritingHelp.com Coupons 2023 solving accounting problems online writing paper online free Rapidessay.com Promo code 2023 Freshessays.co.uk Discount Code writemypaper4me.org promo code essayexpert discount code premier 1 promo code where to find someone Dissertations Helper Coupon Codes write my essays promo code