एमालेको आज शुरु हुने पहिलो विधान महाधिवेशन – The kathmandu news

एमालेको आज शुरु हुने पहिलो विधान महाधिवेशन

नेकपा एमालेको शुक्रबारबाट शुरु हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ ।

बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।

समितिले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार शुक्रबार दिउँसो १२ : १५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।महाधिवेशनमा करिब ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

ललितपुरको सनराइज हलमा हुने सम्मेलनको बेलुन उडाउनुका साथै राष्ट्रिय गान गाएर उद्घाटन गरिनेछ । उद्घाटन सत्रलाई अध्यक्ष ओली लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

उद्घाटन सत्रपछि ३वटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन गर्ने तयारी रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ, सचिव र कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

my msth lab Journalfirst.com Promo code 2023 Phdify.com Discount Code ZEssay.com Promo Customresearchessaywriters.com Coupon Code Assignmentdesk.co.uk Promo code 2023 College-paper.org Discount Code pay for paper writing 24hwritemyessay.com Discount Code grademiners promo code TheUniTutor Promo Code, Coupons, Discount Codes and Review Custom-Essay-Writers.net site discount Writer4Sale.com Promo CustomWritings.com Discount Code